मकवानपुरगढीका आगलागीपीडितलाई अस्थायी आवास

लोकप्रिय

हेटौँडा, चैत ६ गते ।
आगलागीपीडित मकवानपुरको मकवानपुगढी गाउँपालिका २ बासपानीका कृष्ण बहादुर दर्लामी मगरलाई अस्थायी आवासको जोहो भएको छ ।
आगलागीबाट मंगलबार घर पूर्ण रुपमा जली क्षति बेहोर्नुभएका कृष्ण बहादुरलाई मकवनापुरगढी गाउँपालिकाको सहयोगमा अस्थायी रुपमा बस्न टेण्टको घर उपलब्ध गराइएको हो ।
वडा न ं. २ का वडाध्यक्ष बखानसिं पाख्रिनले आगलागीबाट घर पूर्ण रुपमा क्षति भई हातमुख जोर्ने समस्यामा पर्नुभएका कृष्णबहादुरको परिवारलाई तत्कालीन समस्या समाधान गर्न गाउँपालिकाबाट राहत प्याकेजसहित अस्थायी टेन्ट घरको व्यवस्था गरिएको जानककारी दिनुभयो ।
पालिका र वडा कार्यालयबाट रासन र लत्ताकपडासमेत तत्काल उपलब्ध गराइएको र थप राहत उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष पाख्रिनले सुनाउनुभयो ।
स्थानीय बाँधबासपानी टोल बिकास संस्थाका अध्यक्ष रामप्रसाद पुडासैनीले पनि खाद्यान्न सामग्री सहयोग गर्नु भएको थियो ।
आगलागी हुँदा पूर्ण रुपमा क्षति बेहोर्नुभएका १० लाख रुपियाँभन्दा बढीको क्षतिभएको छ ।
मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा खोले पकाउन बालेको आगोबाट घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आगलागीबाट घर जलेर पूर्ण रुपमा क्षति हुँदा घरमा रहेको धान १५ मुरी, चामल एक बोरा, आलु चार बोरा, लत्ताकपडा र भाडावर्तनका साथै सुनको तिलहरी, सुनको झुम्का, सुनको हातको बाला, बच्चाको कल्ली बाला गरी पाँच तोला सुनसहित १० लाख २५ हजार मूल्य बराबरको क्षति भएको जनाइएको छ ।

ताजा समाचार

Related Articles