आजबाट एसइईः बागमतीमा एक लाख आठ हजार बढी परीक्षार्थी सहभागी

लोकप्रिय

हेटौँडा, चैत ७ गते । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्दै आएको माध्यामिक शिक्षा परीक्षा अन्तर्गत आजबाट सुरु हुने परीक्षामा यस वर्ष बागमती प्रदेशमा एक लाख आठ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै छन् ।
यस प्रदेशबाट ग्रेड वृद्धिसहित नियमिततर्फ सामुदायिक र संस्थागत विद्यालयबाट गरी माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने विद्यार्थी गत वर्षभन्दा यसवर्ष बढेको बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाले जनाएको छ ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका परीक्षाका प्रमुख पवित्रा तिमिल्सैनका अनुसार यो वर्ष एक लाख आठ हजार ५७१ जना परीक्षार्थी एसइईमा सहभागी हुँदै छन् ।
गत वर्ष एक लाख ३३ जना परीक्षार्थी एसइइमा सहभागी भएका थिए ।
परीक्षा यही आगामी चैत ७ गते हुँदै छ र बिहान ८ः०० बजेदेखि तीन घण्टा चल्नेछ ।
यो वर्षको एसइइमा विद्यार्थी संख्या बढेपनि परीक्षा केन्द्र भने घटेको छ ।
एसइइका लागि प्रदेशभर ४३८ परीक्षा केन्द्र कायम भएको छ । गत वर्ष ४४३ परीक्षा केन्द्र रहेको थियो ।
यसैगरी यस वर्ष ४३८ जना केन्द्राध्याक्ष, ८२८ सहायक केन्द्राध्याक्ष र पाँच हजार ३६२ जना निरीक्षक परीक्षामा खटिने भएका छन् ।
निर्देशनालयका सूचना अधिकारीसमेत रहनुभएका तिमिल्सैनले बागमती प्रदेशका १३ वटा जिल्लामा परीक्षाका सबै तयारी पुराभएको छ ।

ताजा समाचार

Related Articles