एसइईमा छ जना कैदीबन्दी सहभागी

लोकप्रिय

हेटौँडा, चैत ७ गते ।
बिहीबारबाट सुरुभएको यस वर्षको माध्यामिक शिक्षा परीक्षामा मकवानपुरमा छ कैदीबन्दी सहभागीभएका छन् ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरको भीमफेदीस्थित कारागारका छ कैदीबन्दी सहभागी भएका हुन् । कारागार कार्यालय भीमफेदीका कार्यालय प्रमुख तीर्थराज पौडेलले कारागारमा विभिन्न मुद्दामा रहेका छ जना कैदीबन्दी एसइईमा सहभागी भएको जानकारी दिनुभयो ।
उहाँले हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यामिक विद्यालयबाट एसइई परीक्षाको फारम भरेका उनीहरुलाई कारागारभित्रै छुट्टै कोठामा परीक्षा दिने व्यवस्था मिलाइएको बताउनुभयो ।
एसइईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्नभएको छ ।
विद्यालयबाट शिक्षक प्रश्नपत्र र उत्तरपुस्तिका लिएर आउने र परीक्षा सकिएपछि फर्कने गरी व्यवस्था मिलाइएको छ ।
यस वर्षको एसइईमा मकवानपुरबाट प्राविधिक र साधारण गरी २८ परीक्षा केन्द्रबाट सात हजार ४५६ परीक्षार्थी सहभागी भएका छन् ।
बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय, हेटौँडाका परीक्षाका प्रमुख पवित्रा तिमिल्सैनका अनुसार यो वर्ष बागमती प्रदेशमा एक लाख आठ हजार ५७१ जना परीक्षार्थी रहेका छन् ।
गत वर्ष एक लाख ३३ जना परीक्षार्थी एसइइमा सहभागी भएका थिए ।
एसइईका लागि प्रदेशका १३ जिल्लामा ४३८ परीक्षा केन्द्र कायम भएको छ ।
यसैगरी यस वर्षको परीक्षामा ४३८ जना केन्द्राध्याक्ष, ८२८ सहायक केन्द्राध्याक्ष र पाँच हजार ३६२ जना निरीक्षक परीक्षामा खटिएका छन् ।

ताजा समाचार

Related Articles