हेटौँडा, चैत ७ गते । बागमती प्रदेश विश्वविद्यालय, हेटौँडाको व्यवस्थापन तथा कानून संकायको डीनमा डा. गंगाराम विश्वकर्मालाई नियुक्त गरिएको छ । डीन सिफारिश समितिको सिफारिशमा विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्राडा. चन्द्रमणि पौडेलले तत्काल लागु हुने गरी झापा जिल्लाका विश्वकर्मालाई डीनमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त डीन डा. विश्वकर्मालाई व्यवस्थापन र कानून संकायको शैक्षिक कार्यक्रम, अनुसन्धान पहल र प्रशासनिक कार्यहरूको निरीक्षण गर्ने गरी जिम्मेवारी दिइएको विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले जानकारी दिनुभयो ।
विश्वविद्यालयले गत फागुन ११ गते डीन नियुक्तिका लागि आवेदन माग गरेको थियो । डीनका लागि आवेदन दिएका मध्येबाट पाँच जनाको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।