हेटौँडा, चैत ७ गते ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटाँैडा उमहानगरपालिका ८ स्थित औद्योगिक क्षेत्रको गेट अगाडि भारतीय ग्यास बुलेट गाडी बिहीबार बिहान दुर्घटनाभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगंजबाट धादिङको धार्केतर्फ जान आउँदै गरेको एनएल ०१ एए ५००७ नं.को भारतीय ग्यास बुलेटको ब्रेकले काम नगरी विपरीत दिशाबाट जाँदै गरेको ग.१ख ९४८१ नं.को ट्रकसँग ठक्कर खाई दुर्घटना भएको हो ।
ट्रकसँग ठक्कर खाई ग्यास बुलेट गाडी पल्टिएको प्रहरीले जनाएको छ ।