हेटौँडा, चैत ८ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ०८ कमानेकी बबिता श्रेष्ठको चोरीभएको स्कुटर फेला परेको छ ।
हेटौँडा ४ हुप्रचौरबाट यही चैत ३ गते राति ८ः०० बजेको समयमा बा.प्र. ०३–००५ प ६०४४ नं. को स्कुटर चोरी भएको थियो । चोरी भएको उक्त स्कुटरको खोजतलास गरी फेला पारी सवारी धनी श्रेष्ठलाई कार्यालयमा सनाखत गराई शुक्रबार बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । साथै उक्त स्कुटर चोरीमा संलग्न रहेका मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ४ का वर्ष ३० का राजा पण्डितलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।