हेटौँडा, चैत ९ गते ।
पूर्व कर्मचारी सेवा परिषद् –नेपाल ,बागमती प्रदेशको अध्यक्षमा तीर्थराज पराजुली निर्वाचित हुनुभएको छ ।
परिषद्को शुक्रबार हेटौँडामा सम्पन्न साधारण सभाले पराजुलीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
साधारण सभाले परिषद्को उपाध्यक्ष श्याम प्रसाद सुवेदी, सचिव केशव प्रसाद कोइराला, सहसचिव बालमुकुन्द ढकाल, कोषाध्यक्ष ललिता ठिके श्रेष्ठ र सह–कोषाध्यक्ष दीपकराज उप्रेतीलाई निर्वाचित गरेको छ ।
यस्तै समिति सदस्यहरुमा हरि प्रसाद भट्ट, कृष्णप्रसाद भण्डारी, श्यामसुन्दर श्रेष्ठ, कमल प्रसाद आचार्य र कुश कुमार रिजाल हुनुभएको छ ।
समितिको मनोनित सदस्यमा रामचन्द्र बर्ताैला र सल्लाहकार रामशरण चिमोरिया रहनुभएको छ ।
परिषद्का केन्द्रीय अध्यक्ष बालकृष्ण प्रसाईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ल अधिकारी स्किम श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कंडेल, परिषद्का केन्द्रीय उपाध्यक्ष रामबाबु नेपाल, महासचिव गोविन्दमणी भूर्तेल, केन्द्रीय सदस्य माधव शर्मा, हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नविन सिग्देल, परिषद् चितवनका अध्यक्ष रोमाकान्त कंडेललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा “सुशासन प्रवर्धन“ सम्वन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।