हेटौँडा, चैत ९ गते ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेश र मधेश प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहेको छ । कोशी र मधेशप्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
शनिबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन ÷ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू मेघगर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/ चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।