राजतन्त्र फर्किने सम्भावना छैन

लोकप्रिय

जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र आउने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

जनकपुरधाम स्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान सभाबाट राजालाई हटाएकोले अब आउने सम्भावना नरहेको बताउनुभयो ।

उहाँले राजतन्त्रको पक्षमा वकालत गरिए पनि संविधान सभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताउनुभयो ।

उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधता माथिको समेत प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लाने भएकाले सचेत रहनका लागि आग्रह गर्नुभयो ।

ताजा समाचार

Related Articles