होटल एसोसिएशनको अध्यक्षमा जोशी निर्वाचित

लोकप्रिय

हेटौँडा, चैत ९ गते ।
मकवानपुर होटल एशोसिएशनको अध्यक्षमा दिलिशगोविन्द जोशी निर्वाचित हुनुभएको छ । एशोसिएशनको हेटौँडामा शनिबार सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनबाट जोशीको अध्यक्षतामा निर्विरोध निर्वाचि हुनुभएको हो । तीन वर्षे कार्यकालका लागि जोशी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुगोपाल महर्जन, उपाध्यक्षमा धनबहादुर पौडेल (कल्याण), महासचिवमा हरिगोपाल सापकोटा, सचिवमा उमाप्रसाद रौनियार, कोषाध्यक्षमा रविन लामा र सहकोषध्यक्षमा सुरेश लामा चयन हुनुभएको छ । सो अवसरमा मकवानपुरका पुराना होटल व्यवसायी बुद्धि बहादुर लामा र अमृत मानन्धरलाई सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले आर्थिक मन्दिका अन्य व्यवसाय जस्तै होटल व्यवस्या पनि समस्यामा परेको बताउनुभयो । कार्यक्रममा मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, होटल एसोसिएसनका संस्थापक अध्यक्ष भागिरथ शर्मालगायतका उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles