कुलमान हटाउने निर्णयको सत्तापक्षबाटै विरोध

लोकप्रिय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको सत्तापक्षबाटै विरोध गरिएको छ । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले सरकारको निर्णयप्रति जनाएकका हुन् ।
महामन्त्री थापाले घिसिङलाई पदबाट हटाएर सरकारले असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गरेको टिप्पणी गर्नुभएको छ ।
सरकार सञ्चालन गर्न सहयोग गर्ने संयन्त्रका सदस्य समेत रहेका थापाले आम नागरिकमा बढ्दो असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको समेत बताउनुभएको छ ।
यस्तै अर्का महामन्त्री शर्माले घिसिङलाई पदबाट हटाउन कांग्रेस पदाधिकारी तहको सहमति नभएको बताउनुभएको छ ।
उहाँले कुलमानलाई बाँकी पदावधि काम गर्न दिन र नहटाउन आन्तरिक तथा सार्वजनिक रुपमै सजग गराइएको समेत बताउनुभएको छ ।
उहाँले सरकारको यो निर्णय समयोचित नभएको भन्दै यसप्रति खुला र प्रस्ट रूपमा विमति रहेको बताउनुभएको छ ।

ताजा समाचार

Related Articles