हेटौँडा, चैत ११ गते । हेटौँडा उपमहानगरपालिकाले विश्व क्षयरोग दिवसको अवसरमा हेटौँडा उपमहानगर क्षेत्रमा बसाबास गर्दै आएका नियमित औषधी सेवन गर्ने १० जना क्षयरोगका बिरामीलाई सम्मान गरिएको छ ।
क्षयरोगका बिरामीले नियमित औषधी सेवन, जाँच र नियमअनुसार उपचार पुरा गरेका १० जनालाई हेटौँडामा सोमबार आयोजित कार्यक्रममा पोषणयुक्त खाद्यान्न र सवारी भाडासहित सम्मान गरिएको हो ।
हो हामी क्षयरोग अन्त्य गर्न सक्छौं, लगानीको प्रतिवद्धता र सेवा प्रवाहको सुनिश्चितता आजको आवश्यकता’ भन्ने नाराको साथ आयोजित कार्यक्रममा बिरामीसहित नगर क्षेत्रमा रहेका स्वास्थ्य सस्थामध्ये बिरामीको उत्कृष्ट रुपमा तथ्याङ्क राख्ने सहरी स्वास्थ्य केन्द्र हेटौँडा–११ लाई सोही अवसरमा नगर प्रमुख मीनाकुमारी लामाले सम्मान गर्नुभयो ।
हेटौंडा उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख सूर्यप्रसाद तिवारीले उपमहानगर क्षेत्रका पाँच वटा केन्द्र मार्फत खकार जाँच हुने गरेको भन्दै चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २०७ जना बिरामी दर्ता रहेको जानकारी दिनुभयो ।