चेपाङ बस्तीमा बिजुलीको पहुँच विस्तार

लोकप्रिय

हेटौँडा, चैत ११ गते ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाका बस्तीहरू सोमबारदेखि विद्युत् सेवा पहुँच पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणको ‘चेपाङलाई बिजुली कार्यक्रम’ अन्तर्गत गाउँपालिकाका सबै नौ वटै वडामा बिजुली बल्न थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन्।

May be an image of one or more people, temple and crowd

राक्सिराङ–९, खैराङमा आयोजित कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिटरको स्विच अन गरी औपचारिक रूपमा विद्युत् सेवा शुभारम्भ गर्नुभएको थियो। त्यस्तै, ७० वर्षीया तुलकुमारी चेपाङको घरको मिटर बक्स खोल्दै उहाँले गाउँमा विद्युत् प्रवाह गरिएको घोषणा गर्नुभएको थियो। तुलकुमारी चेपाङ आफ्नो जीवनकालमै घरमा बिजुली बत्ती बाल्न पाउँदा खुशी हुनुहुन्थ्यो ।
विगतमा दियालो र टुकीको उज्यालोमा जीवनयापन गर्दै आएका चेपाङ समुदायका बासिन्दा अब स्थायी रूपमा बिजुलीको सुविधा पाएसँगै खुशी छन्।

२०७६÷०७७ देखि नै गाउँपालिकाले आफ्नै स्रोतसाधनबाट विद्युत् विस्तारको काम अघि बढाएको थियो। प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको विशेष पहलपछि अभियानले तिव्रता पाएको थियो ।
कार्यकारी निर्देशक घिसिङले ३०३ विपन्न चेपाङ परिवारलाई विद्युत् मिटर निःशुल्क रुपमा वितरण गर्नुभएको थियो।
कार्यक्रममा कार्यकारी निर्देशक घिसिङलाई गाउँपालिकाले सम्मान गरेको छ। घिसिङले विद्युत्को पहुँच नभएका ठाउँमा बत्ती पुर्‍याउने, काठका पोल विस्थापित गर्ने, नाङ्गा तार फेर्ने जस्ता कार्यहरू क्रमिक रूपमा अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विद्युतीकरणसँगै नागरिकको जीवन सहज हुने बताउनुभयो ।
गाउँपालिकामा शतप्रतिशत विद्युतीयकरणका लागि पहिलो चरणमा ३० करोड बजेट छुट्याइएको छ भने थप आठ करोड रुपियाँको लागतमा बोलपत्र आव्हानको प्रक्रिया अघि बढाइएको छ।

कार्यक्रममा संविधानसभा सदस्य गोविन्दराम चेपाङ, बागमती प्रदेशका पूर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, गाउँपालिका उपाध्यक्ष बनस्तम थिङ, वडा अध्यक्षहरूलगायतको उपस्थिति रहेको थियो।

May be an image of 5 people and text that says 'िककासको आधार" राविसरा वर्यक्रम ,कृषि, विद्युत, पर्यान डलाई गालिव n 9٩ ।ति रण घोषाण स'

 

ताजा समाचार

Related Articles