हेटौँडा, चैत ११ गते ।
मकवानपुर प्रहरीले सोमबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टस्थित पूर्व पश्चिम सडकखण्डमा पथलैयातर्फबाट हेटाँैडातर्फ आउँदै गरेको ग १२ प ४९७८ नं. को मोटरसाइकल रोकी जाँच गर्ने क्रममा लागू औषध नाईट्राभेटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ पर्नेमा मोटरसाइलक चालक सर्लाही हरिपुर नगरपालिका वडा नं. २ बस्ने वर्ष २६ का राजेश तामाङ र मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका वडा नं. १९ बस्ने वर्ष २० का निर्मल ढुंगेल रहेका छन् ।
उनीहरुको साथबाट लुकाई ल्याएको नाईट्राभेट ५६९ ट्याबलेट बरामद गरी निजहरुलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट सात दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।