विभिन्न स्थानबाट १९ जना पक्राउ

लोकप्रिय

हेटौँडा, चैत ११ गते ।
प्रहरीले लागूऔषधसहित देशको विभिन्न स्थानबाट १९ जनालाई नियन्त्रणमा लिएको छ ।
हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी  हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय बिशाल लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ मोहनपुर बस्ने २८ वर्षीय रबिन्द्र बुढा र सोही उपमहानगरपालिका-५ हसनपुर बस्ने २६ वर्षीय बिराट रावल रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 घोराही उपमहानगरपालिका-१० पहेलपार गाँउबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय समिर वली र सोही उपमहानगरपालिका-१२ बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ बागमारा ताईवाङ ठेगाना भएका २८ वर्षीय करण बुढा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको छ ।

बाँकेको जानकी गाउँपालिका-५ बुडियागाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३९ ग्राम ६० मिलिग्राम र नगद ४२ हजार ६ सय ५० रूपैयाँ सहित सोही ठाउँ बस्ने ६६ वर्षीय रम्मन खानलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको भे.६ प ३३०७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

 विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम सहित ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २३ वर्षीय गणेश दाहाल, २७ वर्षीय सुमन कोइराला, २९ वर्षीय डिकेश कार्की र २६ वर्षीय यज्ञ राम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

काठमाडौंको, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ४० ट्याब्लेट सहित  भक्तपुर बोडे डेरा गरी बस्ने मकवानपुर घर भएका २८ वर्षीय दावा छिरिङ स्याङतानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरी उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

बर्दियाको बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मधुवन नगरपालिका-४ बस्ने २७ वर्षीय रन्जित चौधरी र ३४ वर्षीय कालुराम चौधरी रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.१० प ८०३४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-५ विलाउनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ मोतिगडा बस्ने ३७ वर्षीय रोहित चौधरी र ३१ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले सप्तरीबाट गाइघाटतर्फ आउँदै गरेको प्र.२-०१-००२ प ७८६३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको लहान नगरपालिका-१९ कटहा कालाबन्जरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३६ एम्पुल, बुप्रेनोर्फिन ३६ एम्पुल, प्रोमेथाजाइन ३६ एम्पुल र नाइट्राजेपाम ३ सय ४० ट्याब्लेट सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सखुवानन्कारकट्टी गाउँपालिका-२ बस्ने २१ वर्षीय अमरेश कुमार यादव, लहान नगरपालिका-२० बस्ने २३ वर्षीय पंकज शर्मा र सोही नगरपालिका-१ बस्ने १९ वर्षीय राजिव कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले छरापटी चोकबाट कालाबन्जरतर्फ आउँदै गरेको स.६ प ११४३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

Related Articles