हेटौँडा, चैत ११ गते ।
हेटौँडा उपमहानगरपालिका १ र १९ नं. वडाका उपभोक्ताहरूको लागि लक्षित गरी निर्माण गरिएको लेकपानी दुपारे भैरबडाँडा खानेपानी आयोजना निर्माण पूराभएको छ ।
बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाई मन्त्री श्यामबहादुर खड्काले खानेपानी आयोजनाको सोमबार उद्घाटन गर्दै विगतमा पहुँचको आधारमा बजेट विनियोजन हुने गरेको अब त्यस्तो अवस्थाको अन्त्य हुने बताउनुभयो ।
अब विभेद पूर्ण तरिकारले बजेट विनियोजन हुँदैन मन्त्री खड्काले भन्नुभयो, जनतासँग प्रत्यक्ष सरोकार राख्ने योजनाहरुलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ ।
उक्त योजनाका लागि चालु आर्थिक वर्ष २०८१÷८२ मा ७८ लाख रुपियाँ विनियोजन भएकोमा दुई वटा पानी ट्याङ्की निर्माण र पाइप खरिदमा ७१ लाख रुपियाँ खर्च भइसकेको खानेपानी तथा सरसफाई डिभिजन १ मकवानपुरका डिभिजन प्रमुख रविन श्रेष्ठले जानकारी दिनुभयो । उक्त खानेपानी आयोजनाबाट सात सयभन्दा बढी घरधुरी लाभान्वित हुने छन् ।
सो क्षेत्रका खानेपानीका पहुँच नपुगेका घरधुरीलाई व्यवस्थित ढंगले खानेपानी आपूर्ति एक करोड ५० लाख रुपियाँ बजेट आवश्यक रहेको डिभिजन प्रमुख श्रेष्ठले बताउनुभयो । लेखपानी दुपारे भैरबडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खड्ग रत्न गोलेको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका पूर्व मन्त्री एकलाल श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपाने, खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयका महाशाखा प्रमुख नविन अधिकारी, बागमती प्रदेश खानेपानी महासंघ तथा सरसफाई उपभोक्तmा समितिका अध्यक्ष बद्री देबकोटालगायतको आतिथ्यता रहेको थियो ।