स्ववियुमा निर्वाचितलाई सम्मान

लोकप्रिय

हेटौँडा, चैत ११ गते ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ४ को कार्यालयले हेटौँडा उपमहानगरपालिकाभित्रका क्याम्पसका नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ ।
वडा कार्यालयले सोमबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलले स्ववियुले शैक्षिक गुणस्तर वृद्विका लागि भूमिका निर्वाह गर्नु पर्ने र स्ववियुलाई विश्वासिलो संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसको पूर्व सभापति समेत रहेका सिग्देलले स्ववियुले रचनात्मक क्रियाकलापद्वारा विद्यार्थीका चौतर्फी विकाससँगै शैक्षिक गुणस्तर वउद्धिमा पनि ध्यानदिन पर्नेमा जोड दिनुभयो । उहाँले विद्याथीहरू सधैँ लोकतन्त्र र परिवर्तनको पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियुका नवनिर्वाचित सभापति प्रसिद्व रेग्मीले विद्याथीबीचमा रचनात्मक कार्य गर्ने र गणतन्त्रको विकल्प गणतन्त्र भएको बताउनुभयो । त्यस्तै, हेटौँडा क्याम्पसका स्ववियुका नवनिर्वाचित सभापति अभि मैनालीले विद्याथीको अभिमतलाई आत्मसाथ गर्दै स्ववियुले विद्यार्थीको असल प्रतिनिधिको रूपमा काम गर्ने बताउनु भयो ।
कार्यक्रममा हेटौँडा नगरभित्रका सामुदायिक क्याम्पसहरू मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वंशगोपाल बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरिएको वडा सचिव पुस्पराज पौडेलले जानकारी दिनुभयो ।

ताजा समाचार

Related Articles