कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्यो, चालकको मृत्यु

लोकप्रिय

धादिङ।मुग्लिन-नारायणगढ सडकखण्डको चौधकिलो भन्ने स्थानमा कोइला बोकेको ट्रेलर त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते छन् ।

दुर्घटनामा परी ट्रेलर चालक रौतहट घर भएका अन्दाजी ३०/३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

दुर्घटना आज बिहान करिब साढे ६ बजे भएको बताईएको छ । बागमती प्रदेश ०३-००१ ख ४८७४ नम्बरको ट्रेलर अनियन्त्रित भई त्रिशूलीमा खसेको प्रहरीले जनाएको छ । सहचालकको अहिले नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

ताजा समाचार

Related Articles