अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।
शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।
लु२ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्यापिएर तीन महिला र एक पुरुषको मृत्यु भएको हो । उनीहरु बस लिएर नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएका थिए ।
मृत्यु हुनेमा बुटवल उप–महानगरपालिका–८ निवासी ५५ वर्षीय जमुना बस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीय उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाट बस्ने ५० वर्षीय चालक मदन कुमार विक रहेको प्रहरीले जनाएको छ ।