गहना सहित एक जना पक्राउ

लोकप्रिय

काठमाडौं, चैत १३ गते ।

बिल बिजक नभएका सुन जस्तो देखिने धातुका विभिन्न गहना सहित काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने नुवाकोट विदुर नगरपालिका-५ घर भएका ४१ वर्षीय दिपेश लाल चित्रकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू आनन्दकुटीमा एक व्यक्तिले सुनका गरगहनाहरू बिक्री गर्न लिएर हिँडिरहेको भन्ने सूचना प्राप्‍त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उनलाई सुन जस्तो देखिने धातु जडित पोते सहितको माला १८ थान, क्रिष्टल सहितको माला १३ थान, टप ३ जोर, तिलहरी १ थान लगायत विभिन्न गहना सहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ ।

ताजा समाचार

Related Articles