घुससहित प्रहरी नायब निरीक्षक खड्का पक्राउ

लोकप्रिय

हेटौँडा, चैत १४ गते ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रुपन्देहीको हाटी बनगाइ दुर्गौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले रुपन्देही प्रहरी चौकी दुर्गौलियाका इन्चार्ज प्रहरी नायव निरीक्षक खड्कालाई भन्सार छली अवैधरुपमा घरायशी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोली पुग्दा तीस हजार रुपियाँ लिइसकेको अवस्था बिहीबार पक्राउ गरेको हो ।
घुससहित खड्कालाई रुपन्देही जिल्ला मायादेवी गाउँपालिका वडा नं. ६ बाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमार पौडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनाउनुभएको छ ।

ताजा समाचार

Related Articles