दाङ– पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संघीय लोकतान्त्रीक गणतन्त्रको उपलब्धीलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताउनु भएको छ ।
आज दाङको देउखुरीमा प्रदेश प्रशासनिक केन्द्रको निर्माणाधिन भवनहरुको स्थलगत अवलोकन गर्दै संघीय लोकतान्त्रीक गणतन्त्रका उपलब्धीहरुको रक्षा र अधिकार कार्यान्वयनलाई बलियो बनाउदै लैजानुपर्ने बताउनु भएको हो ।
उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायीत्व र भविष्यको बारेमा पनि विचार व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र लामो त्याग र बलिदानबाट प्राप्त भएको, यसलाई कुनै एक शक्तिको निगाहमा राखेर भविष्य निर्धारित गर्न नसकिने बताउनु भयो ।
पूर्व प्रधानमन्त्री भट्टराईले संघीय पुनर्संरचना बारे धारणा राख्दै यसलाई एक महत्वपूर्ण र युगान्तकारी परिवर्तनको रूपमा व्याख्या गर्नु भयो । लुम्बिनी प्रदेशले भौतिक संरचना र अन्य पूर्वाधारहरूको विकासमा सकारात्मक कदम चालेकोमा खुशी व्यक्त गर्दै, छिटो काम सम्पन्न हुने आशा व्यक्त गर्नु भयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य नौै मन्त्रालयका गरी १० भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ३ अर्ब ९ करोडको लागतमा भवन निर्माणको काम चलिरहेको छ । अहिले सम्म ७५ प्रतिशत भौतिक प्रगती हाँसिल भएको छ । २०७९ पुस मा निर्माण सुरु भएको भवन निर्माणको काम आगामी २०८२ पुस भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।