हत्या संलग्न फरार व्यक्ति पक्राउ

लोकप्रिय

काठमाडौँ १४ गते । हत्यामा संलग्न रही फरार रहेका कागेश्वरी नगरपालिका-६ मुलपानी पाटिटार बस्ने रोल्पा परिवर्तन गाउँपालिका-३ ईरिवाङ घर भएका ५७ वर्षीय हिमाल बुढामगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका-९ बोडे बस्ने खोटाङ केपिलासगढी गाउँपालिका-२ बाक्सिला घर भएका ६५ वर्षीय ओम प्रकाश राईको आइतबार बिहान हत्या गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं मुलपानी एरियाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त थिमी पठाइएको छ ।

ताजा समाचार

Related Articles