नुवाकोट- मौरीपालन व्यवसायलाई व्यवसायिकरण गरिनु पर्ने माग किसानहरुले गरेका छन।
नुवाकोटको पिपलटारमा आयोजित कार्यक्रममा सहभागीहरुले मौरीपालन व्यवसायलाई विस्तार गरी स्थानीय आवश्यकतामा महको लागि स्वावलम्भी बनाउन जोड दिएका छन् ।
नेपाल मौरीपालक महासंघ नुवाकोटको आयोजना र आधुनिक मौरी फार्म पिपलटारको व्यवस्थापनमा ‘अबको निकास, कृषि क्षेत्रको विकास’ भन्ने मुल नाराको साथ आयोजित १९ औँ मह दिवसमा सहभागीहरुले मौरीपालन व्यवसायलाई साखको रुपमा मात्र नभई अव अर्गानिक खानपानका लागि पनि यसको व्यवसायिकरण आवश्यक रहेको बताए ।
कार्यक्रममा नुवाकोटका पुराना मौरीपालक कृषक चेतवहादुर श्रेष्ठलाई मौरीपालनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दैै सम्मान गरिएको थियो।
श्रेष्ठले विदुर नपा-५ देवीघाटमा २०५४ सालदेखि व्यवसायिक रुपमा मौरीपालन व्यवसाय सुरु गरेका थिए ।
कार्यक्रममा सहभागी कृषकहरुले आफुले उत्पादन गरेको महको वजारीकरणको समस्या रहेको गुनासो गरेका थिए ।