तीनकुने घटनाको छानबिन गर्न राप्रपाको माग

लोकप्रिय

काठमाडौँ, चैत १६ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा हिंसात्मक गतिविधिको विपक्षमा रहेको बताउनुभएको छ।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले शान्तिपूर्ण ढंगले सभा भइरहेको मञ्चमा सुनियोजित रुपमा अश्रु ग्यास प्रहार भएको आरोप लगाउँदै यस्तो बताउनुभएको हो। उहाँले तीनकुने घटनाको छानबिन गर्न सरकारले निष्पक्ष छानविनका न्यायिक आयोग गठन गर्नुपर्ने बताउनुभयो।

उहाँले प्रदर्शनमा सहभागी पार्टीका नेता रविन्द्र मिश्र, धवल समशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायतलाई २४ घण्टाभित्र बिना शर्त रिहा गर्न माग गर्नुभयो। बिना शर्त रिहाइ नगरे राप्रपाले विरोधका कार्यक्रम गर्ने निर्णय गरेको उहाँको भनाइ छ।

राप्रपाले आन्दोलनका क्रममा निधन भएका सुरेश रजक र सविन महर्जनलाई सहिद घोषणा गर्न र उचित क्षतिपूर्ति दिन माग गर्ने निर्णय गरेकोसमेत उहाँले जानकारी गराउनुभएको छ।

ताजा समाचार

Related Articles