मकवानपुरमा विद्युतीय गाडी दुर्घटना हुँदा ११ जना घाइते

लोकप्रिय

हेटौँडा, चैत १६ गते ।
भीमफेदी कुलेखानी काठमाडौँ सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ४ स्थित प्रेमडाँडामा विद्यतीय गाडी दुर्घटना हुँदा ११ जना घाइतेभएका छन् ।
रौतहटबाट काठमाडौँ तर्फ जादै गरेको बा.प्र.०१–०३१ च ५५१५ नं.को विद्युतीय गाडीको स्टेरिङ लक भई स्टेरिङ काट्न नसकी सडकबाट ७० मिटर तल भिरमा खसेर दुर्घटनाभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शनिबार बिहान उक्त गाडी दुर्घटना भई रुखमा अड्केको प्रहरी चौकी फाखेल मकवानपुरमा जानकारी प्राप्त भएपछि गएको प्रहरी टोलीले गाडीका चालक सहित ११ जना घाईतेलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइतेहरुको उपचारको लागी मधेश प्रदेश ०३–००१ ज ०४५३ नं.को विद्युतीय गाडीमा काठमाडौ तर्फ पठाएको छ ।
घाइते हुनेमा गाडीका चालक जिल्ला रौतहट चन्द्रपुर न.पा.४ बस्ने वर्ष २२ को राजेन्द्र साह, रौतहट परोहा नपा ९ बस्ने वर्ष २८ का गुड्डु दास, सोही स्थानका वर्ष ३३ का कमलेश पटेल, वर्ष २८ को धनन्जय महतो, वर्ष १९ का धर्मेन्द्र पटेल, वर्ष २६ की रमिता कुमारी दास, वर्ष ३४ को रबिन्द्र दास, वर्ष १७ को मुन्ना पटेल, वर्ष २६ को नगेन्द्र दास, वर्ष २७ को सुनिल कुमार पटेल र वर्ष १७ को सुरज दास रहनुभएको छ ।

ताजा समाचार

Related Articles