हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा १११ जनालाई पक्राउ

लोकप्रिय

काठमाडौँ– काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।

पूर्व राजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घटनामा नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।

प्रर्दशनकारीहरुले व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा घरमा तोडफोड गरेको र विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट गर्नुका साथै निजी र सरकारी गरी १५  वटा सवारी साधानमा क्षति पुर्याएको प्रहरी विवरणमा उल्लेख छ।

ताजा समाचार

Related Articles