चरिकोटमा १० करोड बज्रगुरु मन्त्रजप सुरु

लोकप्रिय

दोलखा । सदरमुकाम चरिकोट स्थित टुँडिखेलमा आइतबारबाट १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सुरु भएको छ । कार्यक्रमको शुभारम्भ खेन्पो साङ्गे रिनजिङ रेन्पोचेले गर्नु भएको थियो ।

कार्यक्रमको संयोजन गरिरहेको छम्बा गुम्बा तथा यार्जाङ्ग गुम्बा व्यवस्थापन समिति मार्वुका खेन्पो पेमा छिरी शेर्पाको सभापतित्वमा भएको कार्यक्रम शुभारम्भको अवसरमा बागमती प्रदेशका अर्थमन्त्री कुन्दनराज काफ्ले, पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका सांसद भरतबहादुर केसी, पूर्व प्रदेश मन्त्री विशाल खड्का, भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धर, एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, टुल्कु नावाङ लावसाङ रिन्पोचे, खेन्पो यसी साङ्पो रेन्पोचे, टुल्कु साङडाक रेन्पोचे लगायतको सहभागिता रहेको थियो ।

चैत्र २६ गतेसम्म सञ्चालन हुने बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजामा पाँच सय जना लामा र पाँच सय जना गृहस्थी समूह गरी एक हजार जनाले बज्रगुरु मन्त्रजप गर्ने १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा आयोजना व्यवस्थापन समितिका संयोजक समेत रहनु भएका खेन्पो पेमा छिरी शेर्पाले बताउनु भयो ।

चीनको तिब्बतसँग सिमाना जोडिएको दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु बुद्धधर्म प्रचार र बुद्धको सिद्धान्त अनुसरणमा अब्बल रहेकोले १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा दोलखामा आयोजना गर्न लागिएको खेम्पो पेमा छिरी शेर्पाको भनाई छ ।

ताजा समाचार

Related Articles