संसद सुचारु गर्ने बारेमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल

लोकप्रिय

काठमाडौँ, चैत १७ गते ।

संघीय संसदका दुबै सदन संचालन गर्ने विषयमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच छलफल भएको छ ।

सभामुख देवराज घिमिरेको कार्यकक्षमा  राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग आइतबार कुराकानी भएको हो ।

प्रतिपक्षी दलहरुले विरोध गरेका कारण यसअघि अबरुद्ध हुँदै आएको संसदमा आज भने सत्ता पक्षका सांसदहरुले पनि उठेर विरोध जनाउनुभएको थियो ।

आजको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्षका सांसदहरुले शुक्रवार तीनकुनमा भएको हिंसात्मक घटनाका बारेमा बोल्न पाउनुपर्ने माग राख्नुभएको थियो ।

प्रतिपक्षी सांसदहरुले भने सरकारले कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने अडान राख्दै आएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि प्रतिनिधि सभाको बैठकमा बोल्ने जानकारी गराउनुभएको छ  ।

ताजा समाचार

Related Articles