कैलाशमा कानुनी साक्षरता कार्यक्रम

लोकप्रिय

हेटौँडा, चैत १८ गते । मकवानपुरको कैलाश गाउँपालिकाले वडा तहमै कानूनी साक्षरता कार्यक्रम आयोजना गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाको कानुन शाखाले पालिकाका सबै वडाहरुमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता अस्मिता थापाले जानकारी दिनुभयो ।
न्यायिक समितिका संयोजक एंव गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँले टोल समाजमा हुने महिला तथा बालबालिका माथिका घटना, गाली बेज्जती, घरेलु हिंसा, कुटपिट जस्ता विषयको कानूनी प्रावधानबारे जानकारी दिने उद्देश्यले वडा तहमै कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै अधिवक्ता जगन्नाथ सुवेदीले बालविवाह, बहुविवाह, लागुऔषध, जवरजस्ती करणीका कानूनका दण्ड सजाय, बालबालिका सम्बन्धी ऐन, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरबारे भएका व्यवस्थासम्बन्धी जानकारी दिनुभयो ।
साक्षरता कार्यक्रममा करिब तीन सय भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा न्यायिक समितिका सदस्य एंव वडा ९ का वडाध्यक्ष भूवन सिं घलान, वडा ३ का कार्यबहाक अध्यक्ष एंव समितिका सदस्य राममाया प्रजा, वडा ६ का वडाध्यक्ष रामबहादुर गोङ्वा लगायतको सहभागिता समेत रहेको थियो ।
गाउँपालिकामा हाल सम्म अघिल्लो आवबाट सरिआएको दुई वटा मुद्दा मिलापत्र भएको छ ।
यसैबिच कैलाश गाउँपालिकाको न्यायिक समितिले आफ्नो अनुभव साटासाट गर्ने उद्देश्यले चार दिने भ्रमण गरेको छ । उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक बालकुमार मल्लको नेतृत्वमा ३३ सदस्यीय टोलीले चितवन जिल्लाको खैरहनी नगरपालिका र कास्की जिल्लाको माछापुच्छे« गाउँपालिकाको अध्ययन अवलोकन गरेको हो ।

ताजा समाचार

Related Articles