दुई प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने

लोकप्रिय

हेटौँडा, चैत १८ गते ।
हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली भई बाँकी प्रदेशका भूभागहरुमा मौसम सफा रहने पूर्वानुमान छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जनाएको छ।
सोमबार राति पनि कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले राति भने वर्षाको सम्भावना देखाएको छैन।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको भन्दै यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा समाचार

Related Articles