हेटौँडा, चैत १८गते ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती गाउँपालिका कमिटिको आयोजनामा मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय फुटबल प्रतियोगिता हुनेभएको छ ।
प्रतियोगिताबारेमा जानकारी दिन हेटौँडामा आयोजित पत्रकार सम्मेलनममा प्रतियोगिता यही चैत्र २० बाट २५ गतेसम्म हुने जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ बागमती गाउँपालिका अध्यक्ष अशोक ग्यालनले प्रतियोगिताको विजेतालाई नगद ५० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा र उपविजेतालाई नगद २५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
स्थानीय खेलाडी उत्पादन र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गाउँपालिकाको नौ वटै वडाको टिम हुने छन् ।
प्रतियोगिता फापरबारीमा रहेको जनता माविको खेलमैदानमा हुने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद तीन हजार, विधागत उत्कृष्ट खेलाडीलाई नगद दुई हजार तथा प्रत्यक म्यान अफ द म्याचलाई नगद पाँच सय पुरस्कार दिइने आयोजकले जनाएको छ ।