पूर्ण समानुपातिक प्रणाली उपयुक्त

लोकप्रिय

– युवराज दुलाल
राजतन्त्र_नबुझेकाहरु केही समय राजावादीको पछि लाग्छन्, जब बुझ्छन आफैं छोड्छन् । ज्ञानेन्द्र शासकीय गुण रहेका राजनीतिक ज्ञानि होइनन्, न कुनै रणनीतिक शाषक नै हुन्, जसले नेतृत्व गरेर राजसंस्था फर्काउने ल्याकत राखुन् । उनि क्षुब्ध, लोभि व्यापारी हुन् भन्ने कुरा र उनका कुकृत्यका फेहरिस्त सायद धेरै नेपालीलाई ज्ञात नै छ ।
#आफ्नो_स्वार्थलाई राष्ट्रियताको भजनले कभर गरेको प्रसाई-मिश्रहरुको असलीरुप उदांगो भईसकेको छ ।
#राजतन्त्र_फर्काउने प्रतिगामी दुस्प्रयत्न शाषनमा रहेकाहरुको आचरणका कारण मलजल पाएर मुखरित भएको समस्या हो । संविधानको मर्मको कार्यान्वयन नभएर आएको समस्या हो । संविधानको सहि कार्यान्वयन र शासकीय आचरण सुध्रियो भने आधा समस्या उसै समाधान हुन्छ ।
#देशको_दीर्घकालीन समस्या अर्कै छ, त्यो हो मतदातालाई प्रभावित तुल्याएर सांसद चुनिने (गुण्डा, फटाह, ज्यानमारा, भ्रष्टचारी जो पनि चुनिन सक्ने) र सांसद नै किनबेच र प्रलोभनमा पारेर सरकार बन्ने/बनाउने संसदीय प्रणाली ।बहुदल पछिको ३५ बर्षको अनुभव र भूराजनीतिक अवस्थिति समेतका कारण यो प्रणाली हाम्रा लागि अनूकुल देखिएन र बहुलवादमा आधारित बहुदलीय, समावेशी र समानुपातिक लेकतान्त्रिक प्रणालीमा यस व्यवस्थाले एकै दललाई बहुमत पनि बिरलै दिन्छ । एकै दललाई बहुमत दिंदा समेत आन्तरिक खिचातानी र बाह्य स्वार्थको प्रभावमा त्यो बहुमत समेत नटिकेको उदाहरण २०४८ को कंग्रेस र २०६४ को माओवादी तथा पटक पटक फेरिरहने गठबन्धन सरकार हुन् ।
#हामीलाई_पॉच_वर्ष स्थायी सरकार सन्चालन हुने विकल्प चाहिएको छ । त्यो हो स्थानीय तहको प्रमुख चुन्ने प्रणाली । हामी स्थानीय तहको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष प्रत्यक्ष मतदाताबाट चुनिरहेका छौं भने प्रदेशको मुख्यमन्त्री र संघको राष्ट्रपति (प्रधानमन्त्री होइन) प्रत्यक्ष चुन्ने प्रणालीमा जानु पर्छ । जसबाट यो लोकतन्त्र अझ प्रत्यक्ष लोकतन्त्रको विशेषता धारण गर्दै र राजनीतिक स्थायित्व ग्रहण गर्दै सुदृढ लोकतन्त्रमा परिणत हुन्छ ।
#अहिले_मतदाताले चाहेर/नचाहेर दलहरुलाई भोट हाल्नु परेको छ र सांसदले चुनेको राष्ट्रपति र प्रधानमन्त्री मतदाताको रुचिका पात्र नहुदा अपनत्व मतदाताले लिन सकिरहेका छैनन् । आफूले जिताएको पार्टीका नेता र सासंद प्रधानमन्त्री र मन्त्री हुदा समेत कार्यकर्ता र मतदाता खुशी हुन नसक्नु यसको प्रमाण हो ।
#प्रत्यावहन_(Recall) को व्यवस्था सहित प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, विज्ञ मन्त्रिपरिषद र पूर्ण समानुपातिक प्रणालीबाट निर्वाचित विधायीकाको व्यवस्था नेपालको लागि उपयुक्त व्यवस्था हुन सक्छ । यो राष्ट्रको लागि अग्रगमनको एजेण्डा हो । यस एजेण्डामा बहस गरौं । विकासको पांग्रा अग्रगमनको दिशामा गुड्नु पर्छ, पश्चगमन तर्फ होइन । ब्याक गियरको कुनै अग्रगामी लक्ष्य हुदैन, लक्ष्य केवल फ्रण्ट गियरको हुन्छ । राष्ट्रका लागि सोचौं । अगाडि बढौं ।

(युवराज दुलालको फेसबुक पेजबाट साभार ।)

ताजा समाचार

Related Articles