हेटौँडा, १९ चैत २०८१ । राष्ट्रिय प्रकोप व्यवस्थापन संजाल (डिमान)ले विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयकरणबारे मंगलबार हेटौँडामा छलफल कार्यक्रम गरेको छ ।
स्थानीयस्तरमा क्रियाशील संघसंस्थाहरुको क्षमता विकास र बाह्य तथा आन्तरिक स्रोतमा पहुँच अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सरकारी र गैरसरकारी संस्थाको स्रोत, अनुपालन प्रणाली, मुख्य कोषलाई प्रभावकारी बनाउने तरिका, नेपालमा प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनको स्थानीयकरण लगायत विषयमा राष्ट्रिय प्रकोप व्यवस्थापन संजालका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले प्रस्तुतीकरण गर्नुभएको थियो ।
संजालका अध्यक्ष सूर्यबहादुर थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष बासु खतिवडा, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, गैसस महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्मा, मकवानपुर अध्यक्ष रमिला सापकोटालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विपद् पुर्व तयारी, जोखिम न्यूनीकरण र सामुदायिक उत्थानशिलता, स्थानीयकरण जस्ता विषयमा सहकार्य, समन्वय, क्षमता विकास, नीति संवाद जस्ता कार्यक्रमहरु संजालले संचालन गर्दै आइरहेको छ ।