विपद् जोखिम शासन सुदृढीकरण परियोजनाको बैठक सम्पन्न

लोकप्रिय

काठमाडौँ, चैत २८ गते ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जाइका नेपालको सहकार्यमा कार्यन्वयन भइरहेको ुकाठमाडौं उपत्यकामा उत्थानशीलताका लागि विपद् जोखिम शासन सुदृढीकरण परियोजनाको संयुक्त समन्वय समितिको पाँचौं बैठक सम्पन्न भएको छ।
बैठकमा परियोजनाले राखेकामध्ये प्राप्त नतिजाहरुको समीक्षा गर्दै परियोजनाले किटान गरेका काठमाडौँ उपत्यकामा भूकम्पीय जोखिम दृष्टिकोणले उच्च प्राथमिकताका रहेका ५७ वटा भवन तथा संरचनाको पुनर्निर्माणका लागि लगानी सुनिश्चित गर्न सम्बन्धित निकायलाई प्रोत्साहित गर्ने सम्बन्धमा छलफल भएको छ।
त्यस्तै, छिटोभन्दा छिटो विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (सन् २०१८–२०३०) को अनुगमन तथा मूल्यांकन प्रतिवेदनलाई अन्तिम रुप दिई कार्यकारी समितिमा पेश गर्ने र लक्ष्य गरिएका सबै नतिजा परियोजनाको अन्तिम समयसीमा आगामी सेप्टेम्बर अन्तयसम्ममा प्राप्त गर्ने सम्बन्धमा पनि विमर्श गरेको छ।
प्राधिकरणको सभाहलमा बसेको बैठकको अध्यक्षता प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेश भट्टले गर्नुभएको हो।

 

ताजा समाचार

Related Articles