महिला फुटबलका राष्ट्रिय खेलाडी राई सम्मानित

लोकप्रिय

सोलुखुम्बु I राष्ट्रिय महिला फुटबल खेलाडी प्रीति राई सम्मानित हुनुभएको छ ।

सिर्जनशील युवा समाज थुलुङदूधकोशी गाउँपालिका, सोलुखुम्बुको काठमाडौँ सम्पर्क समितिको आयोजनामा राईलाई ५५ हजार ५५५ रुपियाँ नगद सहित सम्मान गरिएको हो ।

सोलुखुम्बुमा जन्मेर राष्ट्रिय महिला फुटबल टिमको उत्कृष्ट खेलाडीका रुपमा परिचित राईलाई सोलुखुम्बुको गौरवका रुपमा सम्मान गरिएको समाजका अध्यक्ष योग्यप्रसाद राईले जानकारी दिनुभयो ।

एक कार्यक्रमको आयोजना गरी शनिवार नेपाल सरकारका रक्षा मन्त्री मानवीर राई, कोशी प्रदेशसभा सदस्य गोम्बु शेर्पा र थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असिम राईले संयुक्त रुपमा सम्मान गर्नुभएको हो ।

सम्मानपछि खेलाडी राईले खेल क्षेत्रबाट देसलाई चिनाउन लागिपर्ने बताउनुभयो ।

त्यस अवसरमा भ्वाइस अफ नेपाल सिजन–५ का सेकेण्ड रनर अप गायक तथा सङ्गीतकार कुमार प्रयास राईलाई पनि नेपाली सङ्गीतमा पुर्‍याएको योगदानको कदर स्वरूप विशेष सम्मान प्रदान गरिएको छ ।

ताजा समाचार

Related Articles