संविधान संशोधन जरुरी छ : प्रचण्ड

लोकप्रिय

रूपन्देही। नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै माओवादीका अध्यक्षसमेत रहनुभएका पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अब १० वर्षको समीक्षा आवश्यक रहेको बताउनुहुँदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आवश्यक रहेको बताउनुभयो ।

‘संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो ।’ पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

आफुलाई सरकार ढाल्न कुनै हतार नभएको बताउँदै उहाँले कांग्रेस र एमाले भित्र आक्रोश र उकुसमुकुस बढ्दै गएकाले यो सरकार जति टिक्छ त्यति जनताबाट आलोचित बन्दै जाने ठोकुवा गर्नुभयो । प्रचण्डले भन्नुभयो,‘मलाई सरकारमा नभएर कुन्ठा भएको भन्छन्, त्यस्तो हुँदै होइन’, उहाँको भनाइ थियो । ‘हामी जनताको बिचमा छौं । यो हामीलाई ठुलो अबसर र चुनौती हो । जनताका पीडा जनताकै बिचमै सुनेका छौं ।’उहाँको भनाई थियो ।

कार्यक्रममा कार्यक्रममा पूर्वउपरास्ट्रपति नन्द बहादुर पुन पासाङ, पूर्वसभामुख कृष्ण बहादुर महरा, पूर्वसभामुख अग्नि प्रसाद सापकोटा, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री जोख बहादुर महरा, नेकपा माओवादीका महासचिव देब गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles