काठमाडौँ, वैशाख ५ गते । गृहमन्त्री रमेश लेखकले गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको प्रादेशिक आपत्कालीन गोदामघर गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुभएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहनुभएका गृहमन्त्री लेखकले आज बिहान आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई गोदामघर हस्तान्तरण गर्नुभएको हो।
आपतकालीन गोदामघरमा विपद्जन्य घटनापश्चात तत्काल उद्धार तथा राहतका लागि आवश्यक पर्ने सामग्रीको भण्डारण तथा प्याकेजिङ लगायतका कार्य गरिन्छ।
गृहमन्त्री लेखकले २०८१ फागुनमा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक आपत्कालीन गोदामघर सम्बन्धित प्रदेशका मुख्यमन्त्रीहरुलाई हस्तान्तरण गर्नुभएको थियो।