पारिजात स्मृति दिवस मनाइयो

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको साहित्यकार पारिजातको प्रतिमामा माल्यार्पण र रचना वाचन गरी शुक्रबार पारिजात स्मृति दिवस मनाएको छ ।

साहित्य सङ्गम मकवानपुर र आदर्श टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको सो कार्यक्रम साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबि बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका वडा नं. १० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा भएको थियो ।
आदर्श टोल विकास संस्थाका अध्यक्ष नमराज न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा साहित्यकार देवराज तिवारीले पारिजातको व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।

वडाध्यक्ष लामाले बसपार्क क्षेत्रमा निर्माण हुँदै गरेको घण्टाघरमा पारिजात स्मृति कक्ष रहने र पारिजातसँग सम्बन्धित खोजमूलक सामग्रीहरू अध्ययन गर्न सकिने गरी व्यवस्था गरिने बताउनुभयो ।
कार्यक्रममा साहित्यकारहरू देवराज तिवारी, पुरुषोत्तम आचार्य र संप्रस पौडेलले कविता वाचन गर्नुभएको थियो ।

ताजा समाचार

Related Articles