काठमाडौँ, वैशाख ५ गते । ‘ललितकला मेला– २०८२’ अन्तर्गत शुक्रवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ का लागि ‘ब्यानर लेखन प्रतियोगिता’ सम्पन्न भएको छ । प्रतियोगितामा किशोर चौधरी, घनश्याम चौधरी, मोतीलाल राई, अन्दीलाल सरदार, राधेश्याम चौधरी, हरिकृष्ण चौधरी, कालिन्द्र प्रसाद चौधरी, विक्रम चौधरी, विर्जु चौधरी, रमेशकुमार चौधरी, कृष्ण मण्डल, उमेश साह तेली, सन्तोष वि।सी। डम्फे तामाङ, रामकृष्ण चौधरीलगायतका कलाकारको सहभागिता रहेको छ । कार्यक्रमको संयोजन प्राज्ञ चन्द्रकुमार राईले गर्नुभएको हो । मेला वैशाख ६ गतेसम्म चल्ने छ ।