खासकुरा संवाददाता
हेटौँडा, वैशाख ५ गते ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. २ धरमपानी सडक खण्डमा विद्युतीय गाडी दुर्घटना हुँदा दुई जनाको मृत्युभएको छ । दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् ।
काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी शुक्रबार बिहान १ बजेको समयमा सडकबाट करिब दुई सय मिटर तल खसेर पूर्ण रुपमा क्षतिभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइतेहरुको उद्धार गरी हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उक्त गाडीमा चालकसहित १६ जना सवार रहेका थिए ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका–५ की ५० वर्षीया निलम देवी राउतको हेटौँडा अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान ४ः३० बजेको समयमा मृत्युभएको छ । यस्तै सर्लाही बागमती गाउँपालिका–७ की १३ वर्षीया मानुसी मगरको शव बिहान ५ः३० बजे दुर्घटनास्थल नजिकको खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।
चालक सर्लाही जिल्ला बागमती गाउँपालिका ५ बस्ने वर्ष २९ को कमल बहादुर दर्लामी टाउको, छाती र शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको हेटौँडा अस्पताल प्रहरीको निगरानीमा उपचार भईरहेको छ ।
हेटौँडा अस्पतालमा उपचारमा उपचार भईरहेको घाईतेहरुमा रौतहट दुर्गा भवानीपुर गापा ५ बस्ने र्ष ५५ को राम प्रकाश राउत, सर्लाही बरहथहवा नगरपालिका ८ बस्ने वर्ष ५२ को शिवशंकर राय, निजको श्रीमती वर्ष ४५ की रिकिदेवी राय र सर्लाही बरहथवा नपा. ९ बस्ने वर्ष २७ को मनोज राय रहेका छन् ।
सर्लाही हरिहरपुर नपा १ बस्ने वर्ष २७ को नवराज मगर, सोही स्थानकी वर्ष १६ की प्रियंका मगर, वर्ष १५ को सृजन मगर, वर्ष ४० की जमुना मगर, वर्ष १९ को सुदिप रिसाल, सर्लाही विष्णुपुर गापा.३ मधुवनगोठ बस्ने वर्ष २७ को देवराज कुमार साह, सोही स्थानका वर्ष ४२ की किसुनव्रर्ती साह, .सर्लाही बागमती गापा ७ बस्ने वर्ष १६ की युनिका दर्लामी मगर र महोत्तरी गौशाला गापा ५ बस्ने वर्ष १६ को आदित्य छोरचंगी मगरको मकवानपुर सहकारी अस्पतालमा उपचार भईरहेको छ ।