हेटौँडा, फागुन २८ गते ।
मकवानपुरको कैलाश गाउँपालिकाले सडकको क्षेत्राधिकारमा पर्ने गरी बनाइएका घर टहराहरु हटाउनेभएको छ ।
सडक सिमा मिचेर घर टहरा बनाउने क्रम वृद्धि भएसँगै गाउँपालिकाले सडकको क्षेत्राधिकारमा पर्ने गरी बनाइएका घर टहराहरु हटाउनेभएको हो ।
सडक क्षेत्राधिकार भित्र सेट व्याक कायम नगरी कुनै पनि घर, टहराजस्ता संरचना निर्माण नगर्न नगराउन भन्दै बनेका घर टहरालगायतका संरचना हटाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले पालिकाभित्रको चुनिया–नामटार–कालिकाटार सडक अन्तर्गत भाल्टार, कुमलटार, किश्चियन चोक, बेतेघारी, घुमाउने, टकुवा, च्याखेटार, कालिकाटार, फास्टार, सुकुभञ्ज्याङ्ग तथा भार्तालगायत गाउँपालिकाका मुख्य सड़क क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने गरी घर टहरा जस्ता संरचनाहरू निर्माण भईरहेको देखिन आएको बताउनुभयो । उहाँले गाउँपालिकाको स्वीकृत सडक यातायात गुरू योजना तथा बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड, २०८० बमोजिम उक्त सडक क्षेत्रबाट दाँयाबाँया तीन÷तीन मिटरको सेट व्याक कायम गरिएको बताउँदै सो क्षेत्र कायम गरेर मात्र घर टहरा निर्माण गर्नुहुन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो तोकिएको सेट व्याक कायम नगरी तथा सडकको क्षेत्राधिकार भित्र निर्माण भईरहेका एवं निर्माण भईसकेका घर टहार जस्ता संरचनाहरु स्वयं घजग्गा धनीले हटाउनुपर्ने छ ।
गाउँपालिका तथा वडावाट कुनै पनि समयमा सेट व्याक कायम नगरी तथा सडकको क्षेत्राधिकार भित्र बनाइएको घर टहरालगायतका संरचना कुनै पनि समय हटाईने, भत्काईने भन्दै
सोको क्षतिपूर्ति सम्बन्धित घर टहरा धनी स्वयंले व्यहोर्नु पर्ने गाउँपालिका कार्यालयले जनाएको छ ।