कीर्तिमानी क्रिकेटर ऐरीको बढुवा

लोकप्रिय

काठमाडौँ, असोज १८ गते ।

चीनको हाङझाउमा भएको १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा विश्व कीर्तिमान कायम गर्न सफल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा हुनुभएको छ ।

यही असोज १० गते भएको नेपाल र मङ्गोलियाबिचको खेलमा खेलाडी ऐरीले नौ बलमा अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले नौ बल खेल्दा आठ छक्का र एक बलमा दुई रन लिँदै नौ बलमै अर्ध शतक पूरा गरेर कीर्तिमान बनाउनुभएको हो । यसअघि उक्त कीर्तिमान भारतीय खेलाडी युवराज सिंहको नाममा अङ्कित थियो । सिंहले १२ बलमा अर्ध शतक बनाउँदै कीर्तिमान कायम गर्नुभएको थियो ।

विश्व कीर्तिमान कामय गरेबापत नेपाल प्रहरीले उहाँको पदोन्नति गरेको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

खेलाडी ऐरी २०७३ सालदेखि नेपाल पुलिसमा आबद्ध हुनुहुन्छ । यसअघि उहाँ प्रहरी जवान हुनुहुन्थ्यो ।

ताजा समाचार

Related Articles