विकास निर्माणमा जनसहभागिता आवश्यक

लोकप्रिय

हेटौँडा, वैशाख २७ गते ।
हेटौँडा उपमहागनरपालिका वडा नं. ४ को कार्यालयले वडा कार्यालयद्वारा टोल विकास संस्थाहरूको पदाधिकारी र सदस्यहरूको सहभागितामा वडा कार्यालयबाट गरिएको कार्यहरुको समीक्षा र आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव संकलन सुरु गरेको छ । २६ टोल विकास संस्थामध्ये शनिबार नौ वटा टोल विकास संस्थासंग छलफल गरिएको हो ।
सो अवसरमा वडाध्यक्ष नवीन सिग्देलले विकासमा जनसहभागिता र अपनत्व रहनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, धार्मिक पर्यटन, भाषा साँकृतिको प्रवर्द्वन, वातावरण संरक्षण र सामाजिक अभियान क्षेत्रमा प्राथमिकता साथ वडाले कार्य गरिरहेको चर्चा गर्दै वडाले प्रतिनिधिमूलक कार्य अगाडि बढाउने बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले वडा कार्यालयले गरेका कामहरुको चर्चा गर्दै निर्माणमा साथ र सहयोग रहने प्रतिबद्वता जनाएका थिए ।
वडा सदस्य गीता त्रिपाठीको अध्यक्षतामा भएको भेलामा समाजसेवी प्रदीप कोईराला, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्रकुमार बस्ताकोटी, विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू निरू अर्याल सुवेदी , शान्ति बराल , गणेशकुमार श्रेष्ठ, गंगा अर्याल, राजु अर्याल, सुदर्शन ढकाल, स्वेता कोइराला , आशा विष्ट, र सुन्दर न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles