काठमाडौँ, साउन २४ गते । चीनको नानजिङमा भएको तेक्वान्दो ग्रान्डस्लाम युथ लिग फाइनल्समा नेपाली खेलाडीले विभिन्न स्पर्धामा चार स्वर्ण, पाँच रजत र ६ कांस्य गरी १५ पदक जितेका छन् ।

स्वर्ण जित्नेमा उनिका पौडेल, आदिश विष्ट, प्रिशा ज्ञवाली र अफेस खत्री रहेको काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जानकारी दनुभयो ।

यस्तै लोचनी भट्टराई, सिबेन सुब्बा, साश्वत निरौला, अभिषेक दल्लाकोटी र आवश्यक विष्टले रजत हात पार्नुभयो । सर्वम महतरा, सव्यम महतरा, प्रिशा ज्ञवाली, आराध्य खरेल, गौतम श्रेष्ठ र अनिश अधिकारीले कांस्य जित्नुभयो । टोली प्रशिक्षकमा पुजन खड्का रहनुभएको छ ।




