खासकुरा संवाददाता
हेटौँडा, वैशाख ३१ गते ।
स्थानीय तहको बजेट खर्चसँगै वित्तीय अनुसाशन कमजोर बन्दै गएको देखिएको छ ।
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको बासट्ठिऔँ प्रतिवेदनले यस्तो औँल्याएको हो ।
स्थानीय तहरुको बेरुजु रकम पनि वर्षेनि बढ्दो क्रममा छ ।
यता मकवानपरका स्थानीय तहहरुमध्ये आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा कम बेरुजु बकैया गाउँलिकाको रहेको छ । बकैयापछि सबैभन्दा कम बेरुजु राक्सिराङ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको कार्यालयले गरेको स्थानीय तहरुको लेखापरीक्षणमा मकवानपुरका १० स्थानीय तहमध्ये गत आवमा सबैभन्दा कम बेरुजु बकैया गाउँपालिका र सबैभन्दा बढी बेरुजु थाहा नगरपालिकाको रहेको देखाइएको छ । थाहा नगरपालिकापछि सबैभन्दा बढी बेरुजु हुनेमा हेटौँडा उपमहानगरपालिका रहेको छ ।
बकैया गाउँपालिकाको आव २०८०/०८१ को बेरुजु प्रतिशत ०.६० हुँदा थाहा नगरपालिकाको बेरुजु प्रतिशत २.६० प्रतिशत रहेको छ । यस्तै राक्सिराङ गाउँपालिकाको ०.७५ र हेटौँडा उपमहानगरपालिकाको २.३३ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

मकवानपुरका १० स्थानीय तहको बेरुजु तालिकाः
