काठमाडौँ, असार २६ गते । अवैध लागूऔषध सहित देशको विभिन्न स्थानबाट प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-३२ पाल्पाकोट चोकबाट अवैध लागूऔषध पोलेन ४० किलोग्राम र नगद १ लाख २५ हजार रूपैयाँ सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएका ३८ वर्षीय सुमन चेपाङ, काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने गजुरी गाउँपालिका-४ घर भएका ३६ वर्षीय जिवन प्रजा, धादिङ गजुरी गाउँपालिका-४ घर भएका १९ वर्षीय निराजन चेपाङ, १९ वर्षीय प्रकाश चेपाङ र २० वर्षीय शंकर चेपाङ रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले सुमनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-९ बस्ने २४ वर्षीय संजय कुमार खड्कालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरोको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-१ बाट अवैध लागूऔषध ब्राउनुसगर जस्तो देखिने पदार्थ करिब १ सय ग्राम सहित भारत बिहार किसनगंज सिंगीमारी पञ्चायत-५ बस्ने ६० वर्षीय गबरी साहलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, झापा गाउँपालिका-४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ५० ग्राम सहित कनकाई नगरपालिका-१ दुर्गापुर बस्ने ३० वर्षीय पवन ऋषिदेवलाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, विराटनगर महानगरपालिका-१६ तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ८ सय ५० मिलिग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढिगंगा गाउँपालिका-३ बस्ने ३७ वर्षीय बिन्दुराज महत्र र संखुवासभा धर्मदेवी नगरपालिका-३ बस्ने ३३ वर्षीय श्याम बहादुर पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, सुनवल नगरपालिका-३ खैरेनी छटियाघाट पुल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ४ मिलिग्राम सहित सोही नगरपालिका-९ काशीपुर बस्ने २१ वर्षीय सुदिप चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, देवानगंज गाउँपालिका-२ यादव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय प्रकाश यादव र सोही गाउँपालिका-७ बस्ने १९ वर्षीय धिरज यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरीले प्रकाशको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-२ स्थित युकी मोडबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट र डिकोलिक ९० ट्याब्लेट सहित धरान उपमहानगरपालिका-१५ घर भएका १९ वर्षीय मोहित राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी इटहरी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय अनिल मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट, डिकोलिक ३० ट्याब्लेट र मोबाइल १ थान सहित बुधबार बेलुकी प्रहरीले पक्राउ गरको छ ।

कञ्चनपुर, बेलौरी नगरपालिका-७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय १० मिलिग्राम सहित ३ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कृष्णपुर नगरपालिका-९ पिपरिया बस्ने २६ वर्षीय कृष्ण राना, २७ वर्षीय महेश राना र कैलाली धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँ बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ८२३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सर्लाही, मलंगवा नगरपालिका-८ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १७ ट्याब्लेट सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालबन्दी नगरपालिका-८ बस्ने २७ वर्षीय विवेक चौलागाई र २६ वर्षीय लक्ष्मण बम्जन रहेका छन् । प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.६६ प १५७५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।