सिमेण्टलगायत निर्माण सामाग्रीमा भएको कार्टेलिङका विरुद्धमा छौँः अध्यक्ष सिंह

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २७ गते ।
नेपाल निर्माण व्यवसायी मासंघका अध्यक्ष रवि सिंहले सिमेण्ट, फलामे रडलगायत निर्माण सामाग्रीमा भएको कार्टेलिङका विरुद्ध आवाज निरन्तर रुपमा उठाउने बताउनुभएको छ ।
उहाँले पछिल्ला वर्षमा निर्माण सामाग्रीमा गरिएको मूल्य वृद्धिको मार निर्माण व्यवसायीले खेप्नुपरेको भन्दै अस्वाभाविक मूल्य वृद्धिका कारण निर्माण व्यवसायीले निर्माण सामाग्री खरिद गर्दा बढी मूल्य तिर्नु परेको र सरकारबाट भुक्तानी कम पाउने गरेको बताउनुभयो ।
निर्माण व्यवसायी संघ मकवानपुरको २५ औँ साधारण सभाको शनिबार हेटौँडामा उद्घाटन गर्दै उहाँले संघका साधारा सभामा निर्माण व्यवसायीको समस्याका बारेमा चर्चा स्वागतयोग्य भएको र यसबाट निर्माण व्यवसायीका समस्याका बारेमा खबरदारी गर्ने काम भएको बताउनुभयो । सार्वजनिक खरिद नियमावलीको चौधौ संशोधन भएको छ, सरकारको नीति तथा कार्यक्रममा आएका विषयलाई कार्यानवयन गर्न एक जुट हुनु आवश्यक आवश्यक छ भन्दै उहाँले भन्नुभयो कार्टेलिङका बिरुद्ध आवाज उठाएको छुँ र निरन्तर उठाउने छु । सिमेण्टको मूल्यका बारेमा सिमेन्ट उद्योगीले गरेका सहमति गरेपनि कार्यान्वयन नगरेको उहाँको भनाइ छ । खरिद नियमावलीमा संशोधनले निर्माण व्यवसायीलाई केही सहजभएको छ भन्दै यसबाट राहत मिल्ने र अनुभवको प्रमाणपत्र नचाहिने व्यवस्था भएको उहाँले बताउनुभयो ।
सार्वजनिक खरिद ऐन संशोधनको क्रममा छ, निर्माण मैत्री ऐन बनाउन लाग्नु पर्छ, उहाँले भन्नुभयो, संसार भर सफल निर्माण व्यवसायी नेपालमा असफल भएका छन्, यसको उदाहरण सेनाले लिएको काम पनि समयमा पुरा नहुनु हो र यो नेपाल निर्माण सम्बन्धी ऐन कानुन निर्माणमैत्री नभएकोले हो,। संशोधन आवश्यक छ ।
उहाँले आफू निर्माण सामाग्रीमा भएको कालाजारीका बिरुद्ध लागेको बताउँदै महासंघ र निर्माण व्यवसायीलाई घात गरेर कुनै पनि कार्य नगरेको र नगर्ने प्रतिबद्धता जनाउनुभयो ।
महासंघका सल्लाहकार निकोलस पाण्डेले निर्माण सामाग्रीको अस्वाभाविक मूल्य वृद्धि गरियो, सम्झौता भयो घटाउने भनेर तर केही समयपछि पुन बढाइयो भन्दै खरिद नियमावलीमा निर्माण सामाग्रीहरुको २० प्रतिशत भन्दा बढीले वृद्धि हुँदा मूल्य समायोजन गर्ने व्यवस्था रहेको त्यसलाई उपयोग गर्नु पर्ने सुझाउनुभयो ।
सार्वजनिक खरिद नियमावलीमा रहेको । कानुनको प्रयोग गरेर कानुनी उपचारमा जानू आवश्यक भएको बताउँदै अहिलेको सार्वजनिक खरिद ऐनले निर्माण व्यवसायी र राज्य दुवैलाई नोक्सानी पुगेको बताउनुभयो ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा एडीले निर्माण व्यवसायी पनि नैतिक र नीतिगत रुपमा गर्ने काममा स्पष्ट हुनु पर्ने भन्दै कम दरमा ठेक्का हाल्ने प्रवृत्तिले समस्या निम्त्याएको बताउनुभयो । १५ प्रतिशतभन्दा बढी घटेर ठेक्का हाल्न नहुने उहाँको भनाई छ ।
बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले निर्माण व्यवसायीले कम मूल्यमा हाल्छन, गुणस्तरीय काम हुँदैन र समयमा काम हुँदैन भन्ने सार्वजनिक भईरहेको भन्दै समयमा सूचना ननिस्कने, चैतमा सूचना निस्कनेलगायतका कारण व्यवसायी अप्ठेरोमा परेको बताउनुभयो ।
सबैको लक्ष्य राष्ट्र निर्माण हो भन्दै उहाँले सुशासन कायम गर्न सबै लाग्नसमेत आग्रह गर्नुभयो ।
यस्तै प्रदेश सभा सदस्य भारती पाठकले राष्ट्र निर्माणको आधारस्तम्भ निर्माण व्यवसायीभएको र निर्माण व्यवसायीको समस्या समाधान सरकार गम्भीर रहेको भन्दै कामै गर्न नसक्ने गरी प्रतिस्पर्धामा जान नहुने सुझाउनुभयो । उहाँले निर्माणमा सुशासन र पारदर्शिता आवश्यकभएको बताउनुभयो ।
संघका अध्यक्ष बालगोपाल कंडेलको अध्यक्षतामाभएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, महासंघका उपाध्यक्ष रामजी पन्त मुकेश, महासचिव रोशन दाहाल, केन्द्रीय सदस्य प्रमोद लामिछाने, पूर्व केन्द्रीय सदस्य मङ्गल शाही र बागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङ निर्माण व्यवसायीका समस्या राख्नुभएको थियो ।
यस्तै नेकपा एमालेका प्रतिनिधि आरती पाठक, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापा, हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष सविन न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरकाअध्यक्ष बालकृष्ण अधिकारी, निर्माण संघका पूर्व अध्यक्ष खड्ग गोपाली, साधारण सदस्यहरुको तर्फबाट शिवनारायण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles