व्यवसायीको समस्या समाधानका लागि सरकार प्रतिबद्ध छ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २७ गते ।
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले व्यवसायीको समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपाल मोबाइल व्यवसायी महासंघको हेटौँडामा शनिबार चौथो साधारणसभामा बोल्दै मन्त्री काफ्लेले व्यवसायीहरुको कानूनी तथा नीतिगत असहजतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
मन्त्री काफ्लेले देशको राजश्वमा महत्वपूर्ण योगदान रहेकोले मोबाइल व्यवसायलाई कानुनी झन्झट मुक्त गरिनु पर्ने बताउनुभयो ।
साधारणसभामा मोबाइल व्यवसाय क्षेत्रका वर्तमान अवस्था, समस्याहरु तथा सम्भावनाका विषयमा विस्तृत छलफल गरिएको थियो । साधारणसभाबाट मोबाइल व्यवसायको सुधार, नीतिगत सहजीकरण र व्यवसायीको सशक्तिकरणतर्फ महत्वपूर्ण मार्गचित्र तय गरिएको साधारण सभा तयारी समितिका संयोजक एंव महासंघ उपाध्यक्ष छतेन्द्र आचार्यले बताउनुभयो ।
महासंघका अध्यक्ष भरत भट्टराईको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा, कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, मोबाइल फोन इम्पोर्टर एसोसिएसन अफ नेपाल संघका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, उद्योग वाणिज्य महासंघ प्रदेश कोषाध्यक्ष कविराज खत्री, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, नेपाल मोबाइल वितरक संघका केन्द्रीय अध्यक्ष रघु त्रिपाठी, प्रहरी उपरीक्षक विश्वराज खड्कालगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभा अघि व्यवसायीहरुले शनिबार शान्तिपद यात्राको आयोजना गरेको थियो ।

ताजा समाचार

Related Articles