करिब छ किलो अफिमसहित एक जना पक्राउ

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख ७ गते ।
मकवानपुर प्रहरीले हेटौँडाबाट लागूऔषध अफिम करिब छ केजीसहित एक जनालाई पक्राउ गरेको छ । आइतबार इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. १९ नेवारपानी स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डबाट चितवन राप्ती नगरपालिका वडा नं. ११ बस्ने वर्ष २५ को बाबुराम तामाङलाई अफिमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
राजमार्गमा सवारी साधनहरु रोकी जाँच गर्ने क्रममा चितवनतर्फबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नं. को यात्रुबाहक बसमा सवार तामाङमाथि खानतलासी गर्दा निजले बोकेको झोलाभित्र लुकाई ल्याएको तीन वटा पोकामा पाँच किलो ९४० ग्राम अफिम जस्तो गिलो पदार्थ फेला परेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार अफिमसहित निज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ताजा समाचार

Related Articles